नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र माधव नेपाल समूहका एमाले सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा अदालतमा दाबी गर्नका लागि हस्ताक्षर सुरु गरेका छन्।
देउवाको पक्षमा बहुमत हुँदाहुँदै पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री पदमा नियुक्त नगरेको भनी त्यसविरुद्ध सर्वोच्च अदालत जान लागेका हुन्।
यसअघि आज कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले सिंहदरबारस्थित संसदीय दलमा हस्ताक्षर गरेका थिए भने अहिले नेपाल समूहका एमाले सांसद र बाँकी अन्य सांसदहरु बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हस्ताक्षरका लागि जुटेका छन्।
ल्होत्से हलमा उपस्थित एक सांसदका अनुसार त्यहाँ माधव नेपालसहित सो समूहका अधिकांश सांसद पुगेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल, मेठमणि चौधरीसहित अर्का एक सांसदको वारेसमार्फत् हस्ताक्षर भएको छ।

प्रतिक्रिया