नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा बहुमतको सरकार बन्ने आफूहरुसँग आधार रहेको दाबी गरेका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा देउवाको पक्षमा सांसदहरुको हस्ताक्षर संकलन चलिरहेका बेला कोइरालाले सो दाबी गरेका हुन्।
‘सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुन्छ भन्ने अडान हामीसँग छ,’ कोइरालाले भने, ‘कुनै दलले कारवाही ग¥यो भने अहिले भएको १ सय ४९ बाट दुई चार जजन घट्लान तर, संसदमा बहुमत पु¥याउन आवश्यक संख्या हामीसँग छ।’
उनले देउवाकै नेतृत्वमा सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा गरी पाँच दलका सबै सांसद उपस्थित भएर प्रतिनिधि सभा विघटनविरुद्ध अहिले सर्वोच्च अदालतमा मुद्दा दायर हुँदैछ।
त्यसका लागि सबै सांसदहरुको नागरिकता समेत संकलन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदमा विश्वासको मत लिने परिस्थिति नबनेको भन्दै आफूले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने र ७६ (५) अनुसारको सरकार गठनका लागि जेठ ७ गते बेलुका ५ बजेसम्मको समय दिइएको थियो।
सो समयमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ सांसदले हस्ताक्षर गरी राष्ट्रपति कार्यालयमा दर्ता गरेका थिए।
तर, त्यहीबेला प्रधानमन्त्री ओलीले समेत आफ्नो पक्षमा १ सय ५३ सांसदको समर्थन रहेको दाबी गरेपछि दुबै दाबीलाई राष्ट्रपतिले खारेज गरेकी थिइन।
त्यसलगत्तै सरकारको सिफारिशमा राष्ट्रपतिले शुक्रबार मध्यराति संसद भंग गरेकी हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीको सोहि कदम असंवैधानिक भएको दाबी गर्दै पाँच दलका सांसदहरु सर्वोच्च् जान लागेका हुन्।
सभापति देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने अडानमा हामी छाैं: शशांक कोइराला pic.twitter.com/gsYWHPep4g
— Nepalkhabar (@Nepalkhabar24) May 23, 2021

प्रतिक्रिया