प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन सर्वदलीय बैठक बसेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षसहितको सर्वदलीय बैठक बानेश्वरमा सुरु भएको हो।
बैठकमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका नेता र माधवकुमार नेपाल लगायतका नेता उपस्थित छन् ।
बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा अगाडि बढ्ने विषयमा छलफल हुने गरी छलफल हुने बताइएको छ।

प्रतिक्रिया