खेल


मेस्सीले भविष्यबारे निर्णय नगरी बार्सिलोना छाडे!

मेस्सीले भविष्यबारे निर्णय नगरी बार्सिलोना छाडे!

नेपालखबर
जेठ ८, २०७८ शनिबार ६:२०,

प्रशिक्षक रोनाल्ड कोम्यानले ला लिगामा हुने अन्तिम खेल अगावै मेस्सीलाई छुट्टी दिएका हुन्।

शनिबार एइबरविरुद्ध हुने खेलमा मेस्सी उपस्थित नुहने शुक्रबार नै क्लबले जानकारी दिएको थियो। यस सिजनको ला लिगा उपाधि होडबाट बाहिरिएपछि मेस्सीले अन्तिम खेल नखेल्ने निर्णय लिएका हुन्।

मेस्सीले छुट्टी मनाउनको लागि बार्सिलोना शहर छाडिसकेको मार्काले जनाएको छ। मेस्सीले बार्सिलोना त छाडे, तर के उनले सँधैको लागि बार्सा छाडेका हुन् त?

वास्तवमा भविष्यबारे निर्णय नै नगरी उनी छुट्टी मनाउन हिँडेका हुन्। उनी र क्लबबीचको सम्झौता आगामी जुन महिनामा सकिँदैछ।

मेस्सीले गतवर्ष क्लब छाड्न चाहेका थिए र अब उनलाई यतिबेला बार्सा छाड्न कसैले रोक्न सक्दैन। यद्यपी बार्सिलोनाका प्रमुख जोेआन लापोर्ताले बार्सिलोनाले मेस्सीलाई गुमाउन नचाहेको सुरुवातबाट बताउँदै आएका छन्।

बार्साका प्रशिक्षक कोम्यानले पनि मेस्सी बिना क्लब अधुरो हुने बताउँदै आएका छन्। मेस्सीले छुट्टी मनाउन अगाडि कुनै ठोस निर्णय नदिएपछि उनी क्लबमै बस्छन् या बस्दैनन् भनेर केही बुझ्न सकिएको छैन।

यद्यपी मेस्सीमा पिता र क्लबबीच मेस्सीको भविष्यको बारेमा कुराकानी भएको बताइएको छ। तर औपचारिक धारणा भने सार्वजनिक गरिएको छैन।

यतिबेला मेस्सीलाई खुशी बनाउन र उनलाई क्लबमै बस्न प्रेरित गर्न बार्साले सर्जियो अग्वेरो खरिद गर्ने चर्चाहरु पनि चलेका छन्। त्यसो त मेस्सीलाई म्यानचेस्टर सिटी र पीएसजीजस्ता क्लबले राम्रो अफरहरु पनि गरिरहेका छन्।

तर मेस्सीले केही नबोलेकाले उनको भविष्यबारे केही बताउन सकिएको छैन। सिटीमा उनका सबैभन्दा मनपर्ने प्रशिक्षक पेप ग्वार्डिओला छन् भने पीएसजीमा उनका सबैभन्दा मिल्ने साथी नेमार छन्।

तर सानैबाट उनी बार्सिलोनामा हुर्किएका हुन्। उनले बार्सिलोनामै रिटायर गर्ने पहिल्यैबाट बताउने गरेका थिए। हालका क्लब प्रमुख जोआन लापोर्तासँग पनि मेस्सीको राम्रो सम्बन्ध छ।

सम्झौता सकिनै लाग्दा र एक खेल अगावै मेस्सी छुट्टी मनाउन हिँडेपछि विभिन्न शंका र उपशंकाहरु सुरुवात भएका छन्।

ला लिगामा यस सिजन सर्वाधिक ३० गोल गरेका मेस्सीले यस सिजनको पीचीची अवार्ड जित्ने लगभग निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad