ad ad

राजनीति


संसद् विघटनको व्यापक विरोध, प्रतिवादमा उत्रिन नेताहरूको आह्वान

संसद् विघटनको व्यापक विरोध, प्रतिवादमा उत्रिन नेताहरूको आह्वान

नेपालखबर
जेठ ८, २०७८ शनिबार ३:४४,

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर फेरि प्रतिनिधि सभा विघटन गरेपछि दलका नेताहरूले चर्काे विरोध गर्दै यसविरुद्ध प्रतिवादनमा उत्रिन आह्वान गरेका छन्।

पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद भंगलाई प्रतिगमन भाग–२ को संज्ञा दिँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमको घोर भर्त्सना गरेका छन्।

साथै उनले यसविरुद्ध प्रतिरोधमा उत्रिन सबैलाई आह्वानसमेत गरेका छन्।

शनिबार बिहान वक्तव्य जारी गर्दै नेता नेपालले भनेका छन्, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु।’

यस्तै अर्का पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा पुनः प्रतिनिधि सभा विघटन गराइएको भन्दै कडा विरोध जनाएका छन्।

यो संविधानै खारेज गर्ने प्रपञ्च भएको उनको दाबी छ। साथै यसविरुद्ध एकजुट भएर प्रतिवादमा उत्रिन पनि उनले आह्वान गरेका छन्।

शनिबार बिहान वक्तव्य जारी गर्दै डा. भट्टराईले भनेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत सुरु भएको थियो त्यसैको कडी हो। यो ओली–विद्या कुकर्म! यो कुनै मध्यावधि चुनाव हैन। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो। एकजुट होऊँ। प्रतिवाद गरौं!’

यस्तै सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले पनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कडा शब्दमा आलोचना गरेका छन्।

उनीहरूलाई पहिलेदेखि संविधा र संसद् मन नपरेको टिप्पणी गर्दै नेता थापाले खुट्टा नकमाईकन यसविरुद्ध लड्न सम्पूर्ण नेतालाई आग्रह गरेका छन्।

थापाले शनिबार बिहान भनेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद१ विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकूल नभएपछि फेरि विघटन! कस्तो सेटिङ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!’

कडा शब्दमा आलोचना गर्दै उनले अगाडि थपेका छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिने वाला छैनन्। नेतागण१ नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

यी पनि : 

फेरि प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको कडा चेतावनी

अन्ततः ओलीले यसरी दोहोर्‍याए पुस ५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .