ad ad

राजनीति


प्रधानमन्त्री बन्ने आफ्नो दाबी खारेज गर्दै राष्ट्रपतिले संसदै भंग गरेपछि देउवाले बोलाए आकस्मिक बैठक

प्रधानमन्त्री बन्ने आफ्नो दाबी खारेज गर्दै राष्ट्रपतिले संसदै भंग गरेपछि देउवाले बोलाए आकस्मिक बैठक

नेपालखबर
जेठ ८, २०७८ शनिबार ३:१,

आफूले पेस गरेको बहुमतको दाबी बदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

कांग्रेसका एक नेताका अनुसार अहिले बिहान साढे ९ बजे देउवाकै निवास (बूढानीलकण्ठ) मा आकस्मिक बैठक बस्न लागेको हो।

कांग्रेसका पदाधिकारी एवं पूर्वपदाधिकारी सहभागी हुने बैठकमा संसद् विघटन भइसकेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

प्रवक्ता विश्वप्रकाश शर्मा, शेखर कोइराला, गगन थापालगायत कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध चर्काे आलोचना गरिरहेका छन्।

यी पनिः 

फेरि प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको कडा चेतावनी

अन्ततः ओलीले यसरी दोहोर्‍याए पुस ५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .