राजनीति


प्रधानमन्त्रीमा लौरो उभ्याएर भए पनि ओलीलाई बिदा गरौं : बाबुराम भट्टराई

प्रधानमन्त्रीमा लौरो उभ्याएर भए पनि ओलीलाई बिदा गरौं : बाबुराम भट्टराई

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ३:४८,

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रपतिले दिएको समयसीमा भित्र जसरी पनि वैकल्पि सरकार दिनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आज साँझ पाँच बजेसम्म संसदमा वहुमत सिद्ध गरेर वैकल्पिक सरकार गठनको लागि समय दिएकी छिन्।

राष्ट्रपतिले दिएको समयसीमाभित्रै वैकल्पिक सरकार गठनको लागि प्रतिपक्षी दलहरु आन्तरिक छलफलमा व्यस्थ भएको बेला पूर्वप्रधानमन्त्री भट्टराईले जसलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीलाई बिदा दिनुपर्नेमा जोड दिएका हुन्।

‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो । जे गरेर रक्षा हुन्छ त्यही गरौं। सबैले आवश्यक त्याग बलिदान गरौं। लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऊँ!,’ उनले ट्वीटरमा लेखेका छन्, ‘आजै गरौं, अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad