निवर्तमान गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभामा निर्वाचित डा. खिमलाल देवकोटालाई बधाई दिएका छन्।
निर्वाचनमा पराजित थापाले बिहीबार सँझ फेसबुकमा स्ट्याटस लेख्दै डा. देवकोटालाई बधाई दिएका हुन्। उनले मत दिने मतदाताहरुलाई धन्यवाद पनि दिएका छन्।
वागमती प्रदेश अन्तर्गत बिहीबार भएको राष्ट्रिय सभा उपनिर्वाचनमा थापालाई देवकोटाले पराजित गरेका हुन्।
नेकपा (माओवादी केन्द्र) परित्याग गरी थापा नेकपा (एमाले) मा प्रवेश गरेपछि सो स्थान रिक्त भएको थियो।
3
Shares

प्रतिक्रिया