राजनीति


आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ: घनश्याम भुसाल

आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ: घनश्याम भुसाल

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १४:१८,

नेकपा एमालेका नेता घनश्याम भुसालले अझै वाम सरकार बन्न सक्ने सम्भावना रहेको बताएका छन्।

सर्वोच्च अदालतले माओवादी केन्द्र त्यागेर एमाले बनेका गृहमन्त्री रामबहादुर थापा बादलसहित ७ मन्त्रीको नियुक्ति बदर गरेको तथा थापा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा समेत हारेको दिन बिहीबार राति भुसालले सामाजिक सञ्जालमार्फत कम्युनिस्ट आन्दोलनै सकाउने कसम खाएको हो भने त्यो समय नजिकै आएको चेतावनी पनि दिएका छन्।

‘हामीमा आन्दोलनप्रति न्यूनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्न सक्ने ठाउँ छ,’ भुसालले भनेका छन्, ‘आन्दोलनलाई बर्बाद गर्न आफैं कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ।’

यसैबीच आजै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई एकैचोटि धारा ७६ (५) अनुसार प्रतिनिधि सभामा बहुमत जुटाउन सक्ने सांसदलाई वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेका छन्।

त्यसलगत्तै राष्ट्रपतिले बिहीबार राति विज्ञप्ति जारी गरी वैकल्पिक सरकार गठनका लागि आह्वान गरिसकेकी छन्। राष्ट्रपति नयाँ सरकार गठन गर्न दलहरूलाई २१ घण्टा अर्थात् शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad