राजनीति


पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान नगरेको भन्दै एमालेद्वारा नेपाल पक्षको भर्त्सना

पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान नगरेको भन्दै एमालेद्वारा नेपाल पक्षको भर्त्सना

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १०:५,

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको निर्देशन विपरित पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने कार्यको भत्सर्ना गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेकाे आकस्मित बैठकपछि जारी गरिएको विज्ञप्तिमा पार्टीको निर्णय अवज्ञा गर्ने कार्यको भर्त्सना गर्न निर्णय गरेको हो।

‘बैठकले आज वागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ’ प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वागमती प्रदेशमा आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा उम्मेदवार रहेका छन्।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार रहेका छन्।

Cpn-uml-2-6.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad