राजनीति


तिब्बतले नेपाललाई ३० हजार लिटर र ८ सय सिलिन्डर अक्सिजन सहयोग गर्दै

तिब्बतले नेपाललाई ३० हजार लिटर र ८ सय सिलिन्डर अक्सिजन सहयोग गर्दै

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ५:३,

चीनको स्वायत्त प्रदेश तिब्बतले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन नेपाललाई आपतकालीन स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दिएको जानकारीअनुसार तिब्बतले नेपालाई ३० हजार लिटर अक्सिजन (तरल) र ८ सय थान अक्सिजन सिलिन्डरसहित विभिन्न आपतकालीन स्वास्थ्य सामग्री दिने भएको हो।

TRAhelp

अन्य सामग्रीमा १० थान अक्सिजन कन्सेनट्रेटर्स, ५ थान भेन्टिलेटर, २ सय थान आईसीयू बेड र १५ हजार थान आपतकालीन एन्टिजेन (कोरोना परीक्षण गर्ने) किट उपलब्ध गराइने राजदूत यान्छीले बताइन्।

trahelp2

चीनको केन्द्र सरकारले पनि यस अघिदेखि नै नेपाललाई अक्सिजनलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको छ।

कोरोनाको दोस्रो लहरले नेपालका धेरै नागरिक बिरामी परेका छन्। देशैभर अक्सिजनको हाहाकार भएको छ।

विश्व स्वास्थ्य संगठनले नै नेपाललाई विश्वका देशले आपतकालीन सहयोग आवश्यक रहेको बताइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad