एटलान्टालाई पराजित गर्दै युभेन्टसले कोप्पा इटालियाको उपाधि उचालेको छ।
बुधबार राति भएको फाइनलमा एटलान्टालाई २–१ ले पराजित गर्दै युभेन्टसले १४ औं पटक उपाधि जितेको हो। युभेन्टसले सन् २०१८ पछि पहिलो पटक उपाधि जितेको हो।
गत सिजनको फाइनलमा युभेन्टस नेपोलीसँग पराजित हुँदा उपाधि उचाल्नबाट चुकेको थियो। १४ औं पटक उपाधि जित्दै युभेन्टसले सबैभन्दा धेरै पटक उपाधि जित्ने सूचीमा आफ्नो कीर्तिमान सुधार गरेको छ।
युभेन्टसपछि रोमाले ९ पटक कोपा इटालियाको उपाधि आफ्नो पोल्टामा पारेको छ।
खेलको ३१ औं मिनेटमा डेजान कुलुसेभ्सकीको गोलमा युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो। खेलको ४१ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरे गर्दै एटलान्टालाई बराबरीमा ल्याए।
खेलको ७३ औं मिनेटमा फेडेरिको किएजाले पुनः युभेन्टसलाई अग्रता दिलाए।

प्रतिक्रिया