राजनीति


उपनिर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने यस्तो छ तयारी

उपनिर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने यस्तो छ तयारी

नेपालखबर
जेठ ६, २०७८ बिहिबार २:१७,

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य चयनका लागि आज मतदान (उपनिर्वाचन) हुँदैछ।

गृहमन्त्री रामबहादुर थापा माओवादी केन्द्र छाडेर प्रधानमन्त्री ओलीको दल एमालेमा प्रवेश गरेका कारण दल त्यागको कारबाहीमा परेपछि उनी राष्ट्रिय सभा सदस्य पदबाट बर्खास्त भएका थिए। त्यही स्थानमा पद पूर्ति गर्न यसअघि उनी निर्वाचित बागमती प्रदेशमा आज उपनिर्वाचन हुन लागेको हो।

चुनावमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री थापा र एमालेकै नेपाल पक्षको समेत सहभागितामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको विपक्षी गठबन्धनबाट डा। खिमलाल देवकोटा उम्मेदवार छन्। साथै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन्।

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा व्यवस्था गरिएको मतदान केन्द्रमा अहिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

यो पनि : नेपाल पक्षले साथ नदिँदा गृहमन्त्री थापाको जित कठिन

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ। शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरू व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ। नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ।

प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो।

मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ। मतगणना साँझ ५ बजे सुरु गरिने छ। आजै रातिसम्ममा नतिजा आइसक्ने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad