राजनीति


कोरोना संक्रमणका कारण एमाले केन्द्रीय सदस्यको निधन

कोरोना संक्रमणका कारण एमाले केन्द्रीय सदस्यको निधन

नेपालखबर
जेठ ६, २०७८ बिहिबार २:१७,

धनुषा घर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ।

५७ वर्षीय यादवको उपचारको क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा निधन भएको हो। यादवको आज (बिहीबार) बिहान ४ बजे निधन भएको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

धनुषाको सबैला नगरपालिका- १ मुसहरी टोल निवासी यादव धनुषाका प्रभावशाली नेता मानिन्थे। यादव एमालेका पूर्व पोलिव्युरो सदस्य तथा सांसदसमेत भइसकेका व्यक्ति हुन्। यादव २०४६ सालदेखि नेकपा (एमाले)को राजनीतिमा सक्रिय थिए।

उनलाई १४ दिन अघि संक्रमण पुष्टि भएको थियो। पछिल्लो समय उनी मिर्गौला रोगबाटसमेत पीडित थिए। ‘उहाँमा पहिलेदेखि नै मृगौला सम्बन्धी रोग थियो,’ एमाले प्रदेश २ का सांसद शत्रुधन महतोले नेपालखबरसँग भने, ‘कोरोना संक्रमणपछि निमोनिया देखियो। आठ दिनअघि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। आज बिहान निधन भयो।’

यादव एमालेको नवौं महाधिवेशनपछि पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए। यादवका २ श्रीमती र तीन छोरा छन् । यादवको शवलाई काठमाडौंमै व्यवस्थापन गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad