राजनीति


गण्डकीको मन्त्रिपरिषद विस्तार, दीपक मनाङेसहित ५ मन्त्री नियुक्त

 गण्डकीको मन्त्रिपरिषद विस्तार, दीपक मनाङेसहित ५ मन्त्री नियुक्त

नेपालखबर
जेठ ५, २०७८ बुधबार १०:२५,

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङे भनिने राजीव गुरुङलाई पुनः मन्त्रीमा दोहोर्याउँदै आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन्।

उनले बुधबार यसअघि मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुलाई नै सपथ खुवाएका हुन्।

उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी किरण गुरुङलाई दिएका छन् भने यसअघिकी सामाजिक विकासमन्त्रीमा नरदेवी पुन, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीमा विकास लम्साललाई विना विभागीय मन्त्रीको रुपमा राखेका छन्।

प्रदेश प्रमुख सीता पौडेलले सबै मन्त्रीहरुलाई सपथ खुवाए पनि युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङे भने सपथ लिन आएनन्।

मनाङे यतिबेला काठमाडौं भएको उनी निकटकाले बताएका छन्। आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै स्वतन्त्र भनिएका दीपक मनाङले लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्री बनाएका थिए।

सदनमा उनीविरुद्ध प्रस्तुत भएको अविश्वासको प्रस्ताव पारित हुन नसकेपछि ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ गते सपथ लिएका थिए।

उनले एक महिनाभित्र सदनबाट बहुमत सिद्ध गर्नुपर्छ। मुख्यमन्त्रीले यसअघि माओवादीको तर्फबाट मन्त्री भएका ठाउँ भने खाली नै राखेका छन्।

मन्त्रीपरिषद्को पहिलो बैठकले यसअघिका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतलाई नै प्रवक्ता तोकेको छ भने गण्डकी नीति तथा योजना आयोगको उपाध्यक्षमा गिरीधारी शर्मा र सदस्यमा विष्णुराज बराललाई निरन्तरता दिने निर्णय गरेको छ।

यसैगरी लमजुङ सुन्दरबजारका डाक्टर भिष्म अधिकारीलाई मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गरिएको छ।

गण्डकी सरकारको कार्य विभाजन नियमावली २०७४ लाई संशोधन गरेको प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

मन्त्रालय फुटाएर धेरै मन्त्रालय बनाउनको लागि यो संशोधन गरिएको हो। गण्डकी सरकारले १२ वटा मन्त्रालय बनाउन पाउँछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad