राजनीति


हिन्दु धर्ममा कहीँ पनि छुवाछुत छैनः कमल थापा

हिन्दु धर्ममा कहीँ पनि छुवाछुत छैनः कमल थापा

नेपालखबर
भदौ १, २०७६ आइतबार १२:४८,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको बताएका छन्।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा काठमाडौंमा आयोजित ५६ औँ मुक्ति दिवसको अवसरमा बोल्दै अध्यक्ष थापाले छुवाछूत प्रथाले जरा गाडेर बसेको अवस्थामा राजा महेन्द्रले यस कुप्रथालाई उन्मुलन गर्नु ऐतिहासिक र महत्त्वपूर्ण कार्य भएको बताए।

अध्यक्ष थापाले नेपालका ग्रामीण भेगमा अझै छुवाछूत र जातीय विभेद जस्ता कुप्रथा कायम रहेको र यसैलाई आधार बनाइ विदेशी धर्म र विदेशी संस्कृति लाद्न चाहनेहरुले धर्म परिवर्तन जस्तो जघन्य कर्म गरिरहेकोमा चिन्ता व्यक्त गरेका।थापाले मुक्ति दिवसलाई केवल एउटा घटना वा राजासित जोडेर नहेर्न सरकारसँग आग्रह पनि गरे।

अध्यक्ष थापाले जातीय विभेदको अन्त्य, सबैखाले शोषण र विभेदको अन्त्य हुनुपर्छ भन्ने मान्यतामा लामो संघर्ष गरेका र तिनकै नेतृत्वमा रहेको सरकार र व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गर्नु दुखद भएको बताए।

मुक्ति दिवसलाई सम्मान गर्न नचाहेर परोक्ष रूपमा सरकारले सकिर्ण मानसिकताको प्रदर्शन गरेको भन्दै उनले यो दिवस एउटा घटना मात्र नभएर यसले सबै मानिस बराबर भएको सन्देश दिएको तर्क गरे।

थापाले जातीय छुवाछूतलाई हिन्दु धर्मसित जोडेर हेरिएता पनि कुनै पनि धर्मग्रन्थमा जातीय विभेद नभएको प्रष्ट पार्दै गिता र वेदले जातीय विभेद होइन समानताको बारे चर्चा गरेको जानकारी दिए।

कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, शिक्षाविद् डा विद्यानाथ कोइराला, संगठनका अध्यक्ष श्रवण कुमार नेपाली, उपाध्यक्ष मिना स्वर्णकार, सरला बिक, रामु नेपाली लगायतले मन्तव्य राखेका थिए।

२०१९ भाद्र १ गतेकै दिन राजा महेन्द्रले नयाँ मुलुक ऐन जारी गरी जातीय छुवाछूत उन्मुलन गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad