माइक्रो ब्लगिङ प्लेटफर्म ट्वीटरले आफ्नो नयाँ फिचर परीक्षण गरिरहेको छ। यस फिचर डाइरेक्ट म्यासेजसँग सम्बन्धीत छ।
यस फिचरको नाम फिल्टर भएको ट्वीटर सपोर्टले जनाएको छ। ट्वीटरका अनुसार नयाँ फिचरले इनबक्सका असान्दर्भिक म्यासेजलाई फिल्टर गरेर आफैं हटाउने छ।
यसमा अश्लिल शब्द, अश्लिल साइटका लिंकहरु, अश्लिल चित्र, भिडियो तथा जासुसीजन्य लिंकहरु समावेश छन्।
यस्ता असान्दर्भिक म्यासेजलाई ट्वीटरले आफैं हटाउने छ।
इन्स्टाग्राम तथा फेसबुक म्यासेन्जरमा ट्वीटरले प्रदान गर्न लागेको जस्तै फिचर आशिंक रुपमा लागु भइसकेको छ।
3
Shares

प्रतिक्रिया