राजनीति


जम्मु कस्मिरको मुद्दालाई राष्ट्रसंघमा लैजाने राजमोको तयारी

जम्मु कस्मिरको मुद्दालाई राष्ट्रसंघमा लैजाने राजमोको तयारी

नेपालखबर
भदौ १, २०७६ आइतबार १३:९,

राष्ट्रिय जनमोर्चाले भारतले जम्मु कस्मिरको स्वतन्त्रतामाथि गरेको हस्तक्षेपलाई संयुक्त राष्ट्रसंघमा लैजाने भएको छ।

सो विषयमा सोमबार विरोध प्रदर्शनसहित नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ।

अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा भदौ २ गते मध्यान्ह १२ बजे संयुक्त राष्ट्रसंघमा ज्ञापन पत्र बुझाइनेछ भने दिउँसो रत्नपार्कबाट जुलुश सुरु गरी लैनचौरस्थित भारतीय दुताबास अगाडि विरोध प्रदर्शन हुनेछ।

गत साउन २१ गते भारतले भारत प्रशासित उत्तरी राज्य जम्मु–कस्मिरलाई दिँदै आएको विशेषाधिकार खारेज गर्दै सो राज्यलाई दुई टुक्रामा विभाजन गरेको थियो। जम्मु–कस्मिरलाई विशेष राज्यको दर्जा प्रदान गर्न व्यवस्था गरिएको भारतको संविधानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ खारेज गरेपछि त्यसले भारतमा मा नभई दक्षिण एसियाको राजनीतिमा त्यसले तरंग पैदा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .