ad ad

राजनीति


अक्सिजन सिलिन्डर सांसदको घरमा राखेको विषय छानविन गर्न माग

अक्सिजन सिलिन्डर सांसदको घरमा राखेको विषय छानविन गर्न माग

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १०:२८,

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चीनबाट प्राप्त भएका अक्सिजन सिलिन्डर सांसद र नेताका घरमा राखिएको विषय छानविन हुनुपर्ने बताएका छन्।

पुनले चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा वितरण गर्नु राज्य शक्तिको दूरूपयोग भएको भन्दै छानविनको माग गरेका हुन्।

त्यसो गरिएको भए यो भ्रष्टाचार भएको पनि उनले बताएका छन्।

सरकारले सिलिन्डर कहाँ, कसरी वितरण गरियो भन्ने सार्वजनिक गर्नु पर्ने उनको भनाई छ।

उनले स्वास्थ्य सामग्री पहुँचका आधारमा नभइ प्राथमिकता निर्धारणा गरी वितरण गर्न भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .