राजनीति


राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान गर्न पीसीआर रिपोर्ट अनिवार्य

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान गर्न पीसीआर रिपोर्ट अनिवार्य

नेपालखबर
जेठ २, २०७८ आइतबार १२:२९,

निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान यस अवस्थामा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न गर्न स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ।

उक्त स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना गर्ने व्यवस्था गरेको छ।

मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नु अघि ७२ घण्टा अवधिभित्रको पीसीआर रिपोर्ट देखाइ साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्नुपर्नेछ।

कोभिड संक्रमण देखिएका मतदाताका लागि छुटृै मतदानकेन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र त्यस्तो मतदानकेन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिहरु सबैले अनिवार्य रुपमा पीपीईको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा २ मीटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेस शिल्ड, पञ्जा र मास्क लगाउनु पर्नेछ।

मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरी सकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरु र मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणना स्थलमा मतपेटिका खोल्नु अघि अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।

मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधानहरु उक्त स्वास्थ्य सुरक्षा मापदण्डमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .