दक्षिण अफ्रिकी भेरियन्ट सुरुवातको कोरोना भाइरसभन्दा निकै संक्रामक मानिन्छ।
थोरै समयमा चाँडो धेरै मानिसमा फैलिनसक्ने दक्षिण अफ्रिकी भेरियन्ट स्थानीयस्तरबाटै शिशुमा सरेको एससीएमपीले जनाएको छ।
अफ्रिकी भेरियन्ट पहिलेभन्दा ५० गुणा संक्रामक कोरोना हो। शिशुमा सो भेरियन्ट देखिएपछि हङकङमा धेरैमा कोरोना रहेको आशंका गरिएको छ।
यद्यपी तथ्यांकअनुसार हङकङ कोरोनाबाट कमै प्रभावित शहर हो। शिशुसँगै हङकङमा आइतबार चार मात्र कोरोना संक्रमित थपिएको एससीएमपीले जनाएको छ।
यस्तै हङकङमा अहिलेसम्म साढे ११ लाखले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइसकेका छन्। त्यहाँ ७ लाख ७२ हजारले दुवै डोज खोप लगाएको पनि जनाइएको छ।
हङकङमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ हजार ८२५ पुगेको छ।
कोरोनाका कारण त्यहाँ २१० जनाको मृत्यु भइसक्दा ११ हजार ५२५ कोरोनामुक्त भएका छन्।
अहिले त्यहाँ मात्र ९० जना सक्रिय संक्रमित छन्।
Shares
प्रतिक्रिया