नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ।
कार्यदलमा माधवकुमार नेपाल पक्षबाट भीम रावल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङले नेतृत्व गर्ने नेता नेता नेपालले बताएका छन्।
अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा आज दिउँसो भएको छलफलबाट सो सहमति भएको हो।
कार्यदलमा ओली पक्षबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोख्रेल र विष्णु रिमाल रहने छन् भने नेपाल पक्षबाट घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनेछन
वार्ताबाट बाहिरिदै गर्दा प्रधानमन्त्री ओलीले पनि पार्टी विवाद समाधानतर्फ जाँदै गरेको प्रतिक्रिया दिएका थिए।
नेता नेपालले कार्यदललाई तीन दिनको समय दिने आफूले प्रस्ताव गरेको बताए। तर प्रधानमन्त्री ओलीले कार्यदलका लागि थप समय चाहिने बताएका छन्।
यो पनिः
- एमालेलाई २०७५ जेठ २ कै अवस्थाबाट सक्रिय बनाउन ओली सहमत, दुई नेताले कार्यदल बनाउने

प्रतिक्रिया