राजनीति


केपी ओलीसामु झुकेको ‘भाइरल फोटो’बारे घनश्याम भुसालको प्रष्टोक्ति, उठाए प्रधानमन्त्री कार्यालयमाथि प्रश्न

केपी ओलीसामु झुकेको ‘भाइरल फोटो’बारे घनश्याम भुसालको प्रष्टोक्ति, उठाए प्रधानमन्त्री कार्यालयमाथि प्रश्न

नेपालखबर
जेठ १, २०७८ शनिबार १५:१४,

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले शुक्रबार बसेको एमाले बैठकमा खिचिएको तस्बिरबारे प्रष्ट्याएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको एमाले नेताहरुको बैठकमा भुसाललगायतका एमाले नेताहरु प्रधानमन्त्रीसामू झुकेर नमस्कार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल (छ्यापछ्याप्ती) भएपछि उनले सो तस्बिरबारे स्पष्टीकरण दिएका हुन्।

उनले सो फोटो बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको बताएका छन्।

त्यसैगरी रावल र भूसाल ओलीसँग केहि झुकेर कुरा गरेको देखिने तस्बिर पनि सार्वजनिक गरिएको छ।

GhanashyamBhusal gives ear to KPOli

प्रधानमन्त्री कार्यालयले यो योजनाबद्ध रुपमा सार्वजनिक गरेको हुनसक्नेतर्फ उनले संकेत गरेका छन्।

तर सो बैठकमा प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरु कोहि नहुनुलाई ‘संयोग मात्र हो वा होइन थाहा भएन’ भनी सो कार्यालयको विश्वसनीयता र गोपनीयतामाथि प्रश्न उठाएका छन्।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता र वरिष्ठ नेता माधवकुमार नेपालसहितका पार्टीका असन्तुष्ट समूहका नेताहरुबीच हिजो शुक्रबार सिंहदरबारमा लामो वार्ता भएको थियो। 

BhimRawal gives ear to Oli

सो वार्तामा दुवै पक्ष सहमतिका आधारमा अघि बढ्न सहमत भएका थिए।

सो बैठकका केहि फोटो लिक गरिएपछि आज शनिबार सामाजिक सञ्जालमा छ्यापछ्याप्ति प्रचार भएका छन्। ती फोटोहरु देखेर अरु बेला ओलीप्रति आक्रामकरुपमा प्रस्तुत हुने भूसाललगायत नेताहरु उनीसामु झुकेको भनी सामाजिक सञ्जालमा उनीहरुको निकै आलोचना पनि गरिएको छ।

GhanashyamBhusal twit 1

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .