उक्त पोस्टर पोस्ट गर्ने र बोक्ने मानिसलाई यतिबेला प्रहरीले गिरफ्तार गर्न थालेको छ।
सो पोस्टरमा प्रश्न गरिएको छ,‘मोदी जी, हाम्रो बच्चाको भ्याक्सिन विदेशमा किन पठाएको?’
भारत सरकारले भारतमै रहेका मानिसलाई भ्याक्सिन प्रदान गर्न नसकेको अवस्थामा विदेशमा भ्याक्सिन पठाइनु व्यवहारिक कार्य नभएको भन्दै मोदीको आलोचना भएपछि केही मानिसलाई प्रहरीले दिल्लीमा पक्राउ गरेका छन्।
यसबीचमा विपक्षी दल काँग्रेस आईका लोकसभा सांसद तथा पूर्व अध्यक्ष राहुल गान्धीले पनि सो पोस्टर सामाजिक संजालमा सेयर गर्दै भनेका छन्,‘मलाई पनि गिरफ्तर गर।’
— Rahul Gandhi (@RahulGandhi) May 16, 2021Arrest me too.
मुझे भी गिरफ़्तार करो। pic.twitter.com/eZWp2NYysZ
राहुलका बहिनी तथा काँग्रेसका महासचिव प्रियंका गान्धीले पनि सो पोस्टर सेयर गरेर पोस्टरलाई आफ्नो ट्विटरको प्रोफाइल पिक्चर बनाएकी छिन्।
यसअघि आम आद्मी पार्टीले आफ्नो आधिकारिक ट्विटरमा सोही पोस्टर सेयर गर्दै पोस्टर सेयर भएपछि भारतको केन्द्रीय सरकारको प्रणालीमा तहल्का मच्चिएको बताएको थियो।

प्रतिक्रिया