नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ।
पूर्वमन्त्रीसमेत रहेका गच्छदारकी पन्तीको शनिबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। उनको केही दिनदेखि नर्भिकमा उपचार भइरहेको थियो।
स्वास्थ्यमा सुधार नदेखिएपछि शनिबार बिहान उनको निधन भएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निर्मला गच्छदारको निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निधनको खवरले मर्माहित भएको छु,’ सभापति देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको आत्माको चीरशान्तिको कामना गर्दै विजयजी लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
प्रतिक्रिया