राजनीति


एमाले विवाद मिलाउन कार्यदल गठन गर्ने तयारी

एमाले विवाद मिलाउन कार्यदल गठन गर्ने तयारी

नेपालखबर
जेठ १, २०७८ शनिबार ४:१२,

नेकपा एमालेका दुई पक्षबीच जारी विवाद समाधानका लागि कार्यदल गठन गर्ने तयारी भइरहेको छ।

शुक्रबार साँझ सम्पन्न दोस्रोपटकको वार्तामा भएको सहमतिअनुसार कार्यदल गठनका लागि आज फेरि दुई पक्षका नेताहरू छलफलमा बस्नेछन्।

कार्यदल निर्माण गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिइएको छ।

नेपाल पक्षका नेता घनश्याम भुसालका अनुसार आज दुवै नेताले बैठक बसेर कार्यदलका सदस्यहरूको नाम टुंगो लगाउनेछन्।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शुक्रबार साँझ दुई पक्षबीच भएको बैठकमा एमालेका संगठन २०७५ जेठ २ अघिकै कायम गर्ने र त्यसका प्रक्रिया मिलाउन कार्यदल बनाउने निर्णय भएको हो।

आज ओलीसँग वार्तामा बस्नुअघि माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बस्ने भएको छ। शुक्रबारदेखि जारी भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहकाले आज पनि बस्ने भएको हो।

हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीले आफूहरूलाई उपयोग मात्र गर्ने रणनीति लिएको पनि हुन सक्ने आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .