ad ad

राजनीति


गण्डकी प्रदेश : पोखरेललाई मुख्यमन्त्री बनाउने चार दलको प्रस्ताव गरियो दर्ता

गण्डकी प्रदेश : पोखरेललाई मुख्यमन्त्री बनाउने चार दलको प्रस्ताव गरियो दर्ता

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १०:४१,

गण्डकीमा नोपली कांग्रेसका संसदीय दलका नेता नेता कृष्णचन्द पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर बहुतम सदस्यले पेस गरेको निवेदन प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ।

आज बुधबार दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन रहेको बहुमत प्रदेश सदस्यहरुको समर्थन लिएर प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भनी आह्वान गरिएको समय सीमाभित्र सो निवेदन दर्ता भएको हो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि तीन दिनभित्र बहुमतको सरकार दाबी गर्न प्रदेश प्रमुख सीता पौडेलले यसअघि आह्वान गरेकी थिइन्।

प्रदेश प्रमुखले दिएको समयसीमा आज बुधबार ४ बजे सकिँदै थियो।

प्रदेश प्रमुखबाट दिइएको समय सीमाभित्रै निवेदन दर्ता गराएको प्रदेश सांसद दीपक कोइरालाले जानकारी दिए। उनका अनुसार सो पत्रको दर्ता नम्बर १ सय ८ रहेको छ।

‘संविधानमा भएको प्रावधान र प्रदेश प्रमुखबाट माग भइआएको व्यहोरा अनुसार हामीले प्रदेश सभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थन सहित बहुमत प्रदेश सांसदको समर्थन लिएर प्रदेश प्रमुख समक्ष दिउँसो ३ बजेर ५५ मिनेटमा निवेदन दर्ता गराएका छौं,’ कोइरालाले भने, ‘अब ३० दिनभित्र विश्वासको मत समेत लिन्छौं।’

प्रदेश प्रमुखले अब मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्ने उनले बताए।

Gandaki letter CM

यो पनि : 
गण्डकीमा नयाँ सरकारको समीकरण: चार दलले पेस गरे बहुमतको दाबी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .