समाज


सुदूरपश्चिमका अस्पतालमा अक्सिजनको हाहाकार, संक्रमितले तड्पिएर गुमाउँदैछन् ज्यान

सुदूरपश्चिमका अस्पतालमा अक्सिजनको हाहाकार, संक्रमितले तड्पिएर गुमाउँदैछन् ज्यान

गोकुल जोशी
बैशाख २८, २०७८ मंगलबार ४:२५,

सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ। कोरोना संक्रमणका गम्भीर बिरामी बढ्दै गएपछि सुदूरपश्चिमका अस्पतालहरुमा अक्सिजनको अभाव भएको हो।

प्रदेशका ठूला तीन सरकारी अस्पताल तथा अन्य निजि अस्पताल कोरोना संक्रमितले खचाखच भरिएका छन्। अक्सिजन नपाएर संक्रमितले तड्पिएर ज्यान गुमाउने स्थित सृजना भएको चिकित्सकहरुले बताएका छन्।

कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा भर्ना भएका संक्रमितका लागि अक्सिजन जोहो गर्न धौधौ परेको अस्पताल प्रशासनले जनाएको छ। सरकारले यी अस्पतालाई कोरोना विषेश अस्पताल बनाएको छ।

अस्पतालमा अक्सिजन आवश्यक पर्ने संक्रमित बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन हुने गरका प्रदेशका अस्पतालहरूमा अक्सिजनका् चरम अभाव भएको हो।

अक्सिजनको चरम अभाव हुँदा उपचाररत संक्रमितको ज्यान जोखिममा परेको महाकाली अस्पतालका कााभिड–१९ फोकल पर्सन डा.गोविन्द रोकायाले बताए। ‘अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामी दिनहुँ बढ्दै छन्। तर माग अनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन्,’ उनले नेपालखबरसँग भने, ‘जसले गर्दा संक्रमितको ज्यान जोखिममा परेको छ।’

महाकाली अस्पतालको अक्सिजन प्लान्टले २४ घण्टामा १२ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छ। हाल अस्पतालमा भर्ना भएका संक्रमितका लागि दैनिक एक सय ५ सिलिन्डर अक्सिजन आवश्यक पर्ने गरेको डा. रोकायाले जानकारी दिए।

184275608 165541015572973 5639599366274719372 n

‘अस्पताल भर्ना भएका बिरामीमध्ये ९८ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक परेको छ । अहिले ७० जना बिरामी अस्पताल भर्ना भएका छन्,’ उनले भने, ‘नेपालगञ्ज र धनगढीबाट अक्सिजन ल्याउने गरिएको छ । तर त्यहाँ पनि अक्सिजन अभाव छ । बिहान ल्याएको अक्सिजन बेलुका सकिन्छ।’

उता सेती प्रादेशिक अस्पतालमा पनि अक्सिजन अपुग रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । ‘अस्पतालको अक्सिजन प्लान्टको क्षमता दैनिक ७५ सिलिन्डर हो । तर अहिले २४ घण्टामा ५५ सिलिन्डर मात्रै उत्पादन हुने गरेको छ,’ उनले नेपालखबरसँग भने, ‘हाल हामीलाई दैनिक एक सय ४० सिलिन्डर अक्सिजन आवश्यक पर्छ, तर आपूर्ति छैन।’

अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तले लुछाचुँडी गर्ने गरेको उनी बताउँछन्। ‘हामीले अक्सिजन नेपालगन्जबाट ल्याउने गरेका छौँ । त्यहाँबाट पनि ढिलो गरी आउने गरेको छ,’ उनले नेपालखबरसँग भने, ‘अक्सिजन आएका बेला त लुछाचुँडी नै चल्छ । सबैलाई पु¥याउन धौधौ पर्छ।’

उनका अनुसार सेती प्रादेशिक अस्पतालमा हाल ५९ जना संक्रमित उपचाररत छन् । तीमध्ये पाँच जना भेन्टिलेटर, १३ जना आइसियू र ३६ जना अक्सिजन दिएर राख्नुपर्ने अवस्थाका छन्।’

कञ्चनपुरमा मात्रै कोरोनाका कारण हालसम्म ७४ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिममा तत्काल अक्सिजनको आपूर्ति हुन नसके भयावह स्थितको सामना गर्नु पर्ने चिकित्सकले चेतावनी दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad