राजनीति


मध्यराति महन्थ ठाकुरको विज्ञप्ति : ओली नै ठीक छन्, हामी अर्को सरकार बनाउने पक्षमा छैनौं

मध्यराति महन्थ ठाकुरको विज्ञप्ति : ओली नै ठीक छन्, हामी अर्को सरकार बनाउने पक्षमा छैनौं

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ०:१७,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताएका छन्।

सोमबार संसदमा विश्वासको मतमा पराजित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन्।

यो पनि : विश्वासको मत पाऊँ भन्ने प्रधानमन्त्रीको प्रस्ताव बहुमतले अस्वीकृत, ओली पदमुक्त

यसैले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै राति आह्वान गरिसकेकी छन्। दुई वा दुईभन्दा बढी दल मिलेर अब यही वैशाख ३० गतेभित्र बहुमत पुर्‍याई नयाँ सरकार गठन गर्नुपर्नेछ। 

यो पनि : नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरुलाई आह्वान

यसका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष) ले तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष ठाकुरले भने सोमबार मध्यराति विज्ञप्ति जारी त्यसको विरोध गरेका हुन्।

सोमबार दिउँसो संसदमा पनि जसपाकै डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए।

जसपामा भट्टराई–यादव ओलीको तीव्र विरोधमा छन् भने ठाकुर समर्थनमा छन्।

जारी विज्ञप्तिमा पनि ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गरेका छन्।

आफ्ना पार्टीले उठाएका मुद्दाबारे उनीसँग भएका वार्ता सकारात्मक तथा कार्य-प्रगतिसमेत भइरहेकाले आफू अर्काे सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गरेका छन्।

ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ।’

हेर्नुहोस्, विज्ञप्ति :

thakurpress

नयाँ सरकार नबनुन्जेल ओलीलाई नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्न राष्ट्रपतिले भनिसकेकी छन् भने नयाँ प्रक्रियामार्फत उनलाई पुनः प्रधानमन्त्री बन्ने बाटो पनि खुलै छ।

यो पनि : यसरी फेरि संसद् विघटनको अवस्थामा पुग्न सक्छ मुलुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .