राजनीति


राजबहादुर बुढा भन्छन् : म नेपाल पक्षमै छु, बाह्य मोर्चामा ओलीलाई सहयोग गरेको हुँ

राजबहादुर बुढा भन्छन् : म नेपाल पक्षमै छु, बाह्य मोर्चामा ओलीलाई सहयोग गरेको हुँ

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १३:४६,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका सांसद राजबहादुर बुढाले आफूले बाह्य मोर्चामा मात्र पार्टीलाई समर्थन गरेको बताएका छन्।

सोमबार संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमा मतदान गरेका उनले बाह्य मोर्चा भएकोले पार्टी ह्वीपको पालना गरेको बताए।

नेकपा एमालेकै नेता माधवकुमार नेपाल पक्षीय २८ सांसदहरुले पार्टी ह्वीप उल्लंघन गरेका थिए।

नेपाल पक्षीय नेता तथा सांसद रहेका बुढाले आन्तरिक संघर्षमा भने माधव नेपालकै पक्षमा रहेको बताए।

‘बाह्य मोर्चा भएकोले विश्वासको प्रस्तावमा पार्टीलाई समर्थन गरेर मतदान गरेको हुँ’ बुढाले नेपालखबरसँग भने, ‘पार्टीभित्रको आन्तरिक संघर्षमा माधव नेपालकै विचारसँग छु।’

उनका अनुसार ४ जना सांसदहरु नेपाल पक्षमै रहेका छन्। उनीसहित हिराचन्द्र केसी, ध्रुबबहादुर शाही र पार्वती बिसुङ्खे नेपाल पक्षमै छन्।

‘हामी चारैजना नेपाल पक्षमै छौँ,’ उनले दाबी गरे। उनीहरुले नेपाललाई छोडेको चर्चा भइरहेको थियो।

सोमबार संसदमा भएको मतदान प्रक्रियामा ओलीले विश्वासको मत लिन सकेनन् र उनी स्वतः पदमुक्त भएका छन्।

नयाँ सरकार गठनको लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले तयारी तीव्र पारिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad