प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हुँदाहुँदै अर्को प्रधानमन्त्री बन्ने सम्भावना नदेखेको बताएका छन्।
‘मैले विश्वास लिएको छु माननीय सदस्यज्यूहरुले हुन्न भन्नेमा त कसरी रेजा लगाउन सक्नुहुन्छ र? बाहिरसम्म आउँदा त प्रधानमन्त्रीले फोन पनि गरेन भन्ने लागेको होला कुरा छोडिदिनुस् म काममै लागेर फोन गर्न नभ्याएको हो,’ उनले भने, ‘यो सदनले म छँदाछँदै अर्को कसलाई प्रधानमन्त्री बनाउला र म त्यतापट्टि जान चाहन्न।’
अदालतबाट विघटित प्रतिनिधि सभा पुनस्र्थापना भए पनि बाहिर बाहिर प्रधानमन्त्री मन परेन भनिए पनि आफूविरुद्ध कसैले अविश्वास नगरेको उनले जिकिर गरे।
‘राजनीतिमा सँगै भएपछि कहिले कहिले भनाभन पनि हुँदो रहेछ। मैले पनि केही भने हुँला। तर पार्टी अलग भएर विश्वास छैन भन्दा पनि समर्थन फिर्ता त लिनुभएन,’ ओलीको तर्क थियो, ‘कति सुढृढ समर्थन। समर्थन फिर्ता लिएको धेरै दिन भएको छैन केही दिनमात्र भयो, अब आज दिए भैगो।’
यदि कुनै दलले मत नदिने भनी आएको भए पनि अहिले सच्याउँन उनले सांसदहरुलाई आग्रह गरे।
यो पनिः
सरकारलाई विश्वासको मत दिनुपर्ने प्रधानमन्त्रीले पेस गरे यस्ता दाबी

प्रतिक्रिया