संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको छ।
संसद सचिवालयले तीनवटा लवीमा मतदानको व्यवस्था गरेको छ। ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। कोभिड संक्रमित सदस्यहरुका लागि ल्होत्सेहलमा मतदानको व्यबस्था रहेको छ।

प्रधानमन्त्री पछि दलका शीर्ष नेताहरुले बोल्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनेछन्। त्यसपछि मत विभाजनको प्रक्रिया सुरु हुने छ।

3
Shares

प्रतिक्रिया