प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई विश्वासको नदिनुपर्ने कुनै कारण नभएको बताएका छन्।
उनले नेपाल सुनिन थालेको, सुन्नुपर्ने देशका रुपमा हेरिन थालेको दाबी गरे।
‘राष्ट्रियताको पक्षमा त्यति सुढृढ सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन, यदि हामी आइडिओलोजी (सिद्धान्त) र संलग्नतालाई अनूचित महत्व दिन्छौं भने बेग्लै कुरा होला। नत्र विश्वास नगर्न पर्ने कारण छैन,’ प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले भने।
उनले सञ्चार तथा प्रविधिका क्षेत्रमा निकै प्रगति गरेको दाबी गरे।
घरमै बसेर अनलाइनमार्फत् सवारी लाइसेन्स लिन सकिने, आफ्नो जग्गाको विवरण घरबाटै लिन सकिने बताए।
सरकारले देशलाई सडक बालबालिकामुक्त बनाएको, सामाजिक सुरक्षाका मामिलामा धेरै काम गरेको उनको भनाइ छ।

प्रतिक्रिया