नेकपा–एमालेको माधवकुमार नेपाल समूहभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि राजीनामा दिने भन्ने बहस चलिरहेका बेला दुवैतर्फका दोस्रो तहका केहि नेताहरु छलफलमा जुटेका छन्।
सहमति जुटाउने प्रयासस्वरुप उनीहरुबीच अन्तिम घडीको छलफलमा जुटेका हुन्।
प्रधानमन्त्री ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट छलफलमा सहभागी छन्।
सो समूहका सांसदहरु ओलीलाई विश्वासको मत नदिने बरु सांसद पदबाटै राजीनामा दिनुपर्ने पक्ष र विश्वासको मतदानमा अनुपस्थित हुने तर राजीनामा चाहिँ नदिने भनी दुई पक्षमा बाँडिएपछि सो समूहबीच पनि सहमति जुट्न नसकेको सो पक्षका एक सांसदको भनाइ छ।
बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा बैठक सुरु हुन लाग्दा उनीहरु सिंहदरबारस्थित एमालेकाे संसदीय दलकाे कार्यालयमा अन्तिम प्रयासस्वरुप छलफलमा जुटेका हुन्।

प्रतिक्रिया