राजनीति


गण्डकी प्रदेश : कांग्रेस-माओवादी नयाँ सरकारको प्रस्ताव लिएर आज प्रदेश प्रमुखकोमा जाने

गण्डकी प्रदेश : कांग्रेस-माओवादी नयाँ सरकारको प्रस्ताव लिएर आज प्रदेश प्रमुखकोमा जाने

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ४:१९,

गण्डकी प्रदेशमा विपक्षी दल नयाँ सरकारको गठनका लागि आज प्रदेश प्रमुखकोमा जाने भएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

यस अघि वैशाख २ गते दर्ता भएको अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीका २८ सांसदको हस्ताक्षर छ।

जनमोर्चाले बाहिर बसेर समर्थन गर्ने जनाए पनि खिमविक्रम शाही प्रस्तावमा मतदानका दिन हराएपछि नयाँ परिस्थिति बनेको थियो।

नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छन्। त्यसमा जनमोर्चाको साथ चाहिन्छ।

जनमोर्चाले आज ११ बजे संसदीय दलको बैठक बोलाएको छ।

जनमोर्चाको निर्णयपछि आज नै प्रदेश प्रमुखकोमा नयाँ सरकार गठनको प्रस्ताव लिएर जाने माओवादी केन्द्रका सांसद दीपक कोइरालाले बताए।

हस्ताक्षर नगर्ने सांसदलाई कारवाही गरेर भए पनि बहुमत पुर्याउने रणनीतिमा गठबन्धन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad