नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोनामुक्त भएका छन्।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाल संक्रमण मुक्त भएका उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
वैशाख १८ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो। भट्टराईका अनुसार आइतबार गरिएको परीक्षणले खनाल कोरोना मुक्त भएको देखाएको हो।
चिकित्सकहरूको निरन्तर रेखदेख र उपयुक्त उपचारले आफ्नो स्वास्थ्य सुधारउन्मुख रहेको भन्दै खनालले उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन्।
कोरोना मुक्त भएपनि खनाल केही दिन अझै अस्पतालमै रहने छन्। डिस्चार्जपछि सक्रिय रूपमा काममा फर्कने नेता खनालले बताएका छन्।

प्रतिक्रिया