राजनीति


प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार थापालाई दोस्रोपटक कोरोना संक्रमण

प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार थापालाई दोस्रोपटक कोरोना संक्रमण

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १३:३५,

प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

हिजो संकलन गरिएको स्वाब परीक्षण गर्दा प्रधानमन्त्रीमा कोरोना नरहेको पुष्टि भएको हो।

उनका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र प्रेस सल्लाहकार सूर्य थापालाई भने दोस्रोपटक कोरोना संक्रमण भएको छ।

प्रधानमन्त्रीसँगै १५१ जनाको स्वाब परीक्षण गर्दा प्रधानमन्त्रीको सचिवालयका ३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रमुख स्वकीय सचिव भण्डारी र प्रेस सल्लाहकार थापासहित सचिवालयका अर्का एक सदस्यमा कोरोना पुष्टि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रमुख स्वकीय सचिव भण्डारी र प्रेस सल्लाहकार थापालाई अघिल्लो महामारीका बेला पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .