लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले गृहमन्त्री रामबहादुर थापाको तुलना नेता डा. खिमलाल देवकोटासँग हुन नसक्ने टिप्पणी गरेका छन्।
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री थापा र एमालेकै असन्तुष्ट पक्षसमेत विपक्षी गठबन्धनबाट डा. देवकोटा उम्मेदवार बनेका छन्।
यसै सन्दर्भमा ओलीपक्षीय नेता पोखरेलले दुई नेताबीचको तुलनाबारे आफ्नो धारणा राखेका हुन्।
‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं,’ नेता पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्तैन। मनन गरौं।’
मुख्यमन्त्री पोखरेल एमाले (ओली समूह) का लुम्बिनी प्रदेश इन्जार्च हुन्।

प्रतिक्रिया