प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट माधव नेपाल पक्षका नेताहरूलाई फकाउने प्रयास गरिरहेका बेला दुवैतर्फका नेताहरूले प्रतिक्रिया व्यक्त गर्न थालेका छन्।
यसै क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओलीपक्षीय एमाले नेता शंकर पोखरेलले पार्टीमा एकता कायम गर्न दुवै पक्षमा रहेका दुर्गुण हटाउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेको खबर सार्वजनिक भइरहेका बेला नेता पोखरेलले कुण्ठा र प्रतिशोध एकताका बाधक भएको टिप्पणी गरेका हुन्।
‘कुण्ठा, प्रतिशोध, जडता र अराजकता पार्टीको एकता र प्रगतिका बाधक पक्ष हुन्,’ शुक्रबार दिउँसो मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘जोसँग जति मात्रामा ती दुर्गुण छन्, हटाउन तयार हुनुपर्छ।’

प्रतिक्रिया