बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको कृषिमन्त्री पद्मा अर्यालले नेपालखबरलाई बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि मन्त्रिपरिषद बैठक डाकेका थिए।
एमाले अध्यक्षसमेत रहेका ओलीले आज नै पार्टीको स्थायी समिति बैठक पनि राखेका थिए।
प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासको मत लिँदैछन्।

प्रतिक्रिया