राजनीति


ओलीले भेटेको भोलिपल्ट नेता नेपाल पनि पुगे देउवा निवास

ओलीले भेटेको भोलिपल्ट नेता नेपाल पनि पुगे देउवा निवास

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १४:२०,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच बुढानीलकण्ठमा भेटवार्ता भएको छ।

बिहीबार साँझ भीम रावलसहित नेता नेपाल देउवा निवास पुगेका हुन्।

नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिएर ओलीलाई विश्वासको मतमा असफल पार्ने रणनीतिमा रहेका बेला नेता नेपालसहितको टोलीले देउवालाई भेटेर त्यसबारे छलफल गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागिरहेका बेला ओलीकाे पक्षमा बहुमत पुग्न नदिन राजनीतिक भेटघाट तीव्र पारिएकाे हाे।

स्रोतका अनुसार देउवाले माधव पक्षको सांसदहरुको भूमिका के हुन्छ? भन्नेबारे ढुक्क नभएसम्म आफूसँग बहुमत छ भनी संसदमा दाबी प्रस्तुत गर्न आनाकानी गरेका छन्। त्यसैकारण नेपाल आँफै देउवालाई भेटेर त्यसबारे विश्वस्त पार्न लागेका हुन्।

नेपालले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीलाई कुनैपनि हालतमा हटाउनुपर्ने पक्षमा रहेको कांग्रेसका नेतासँगको नेता नेपालको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

प्रधानमन्त्री ओलीले पनि बुधबार दलबलसहित देउवालाई भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .