गण्डकी प्रदेश सभा सदस्य पियारी थापालाई कोरोना संक्रमण भएको छ।
राष्ट्रिय जनमोर्चा संसदीय दलकी सचेतक थापालाई बिहीबार संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव शोभा गोपालीले जनाएकी छन्।
केही दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो। हाल उनी घरमै आइसोलेसनमा बसेकी छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।
मुख्यमन्त्री गुरुङविरुद्ध विचाराधीन अविश्वासको प्रस्तावलाई यही वैशाख २७ गते प्रदेश सभा बैठकमा पुनः अघि बढाइने भएको छ।
प्रतिक्रिया