निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेको छ।
अन्य समूहको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित चन्द्र बहादुर खड्काले दल त्याग गरेपछि रिक्त रहेको स्थानमा जेठ १७ का लागि उपनिर्वाचन तोकिएको हो।
उक्त उपनिर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यतालिका स्वीकृत भएको छ।
मतदान समय विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मका लागि निर्धारण गरिएको छ।
यसैगरी, लुम्विनी प्रदेशको राजधानी तोकिएको दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
आयोगले आजैका मितिदेखि उपनिर्वाचन सम्बन्धी कार्यतालिका अनुसार कार्य प्रारम्भ गरेको जनाएको छ।
3
Shares
प्रतिक्रिया