नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा गरिएको मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक रहेको निष्कर्ष निकालेको छ।
आज बसेको स्थायी समितिको बैठकले लुम्बिनी सरकारलाई असंवैधानिक रहेको घोषणा गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
'लुम्बिनी प्रदेशमा जुन अवैधानिक ढंगले नयाँ सरकार बनाएको घोषणा गरिएको छ त्यो पूर्णरुपले अवैधानिक छ र लोकतान्त्रिक मूल्यमान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघन र स्खलनको पराकाष्टा हो', श्रेष्ठले भने, 'त्यसैले लुम्बिनीको भनिएको कथित सरकारलाई अवैधानिक घोषणा गर्दछौं।'
यसका विरुद्धमा प्रदेशमा रहेका संसदभित्रका पार्टीहरुले चालेको कदममा माओवादीले समर्थन गरेको छ।

प्रतिक्रिया