राजनीति


नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १३:४१,

नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइएको छ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुखद्वय पाण्डे र यादवलाई संविधानको धारा १६७ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषदले आजै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मीला त्रिपाठीलाई पदमुक्त गरी पौडेल र यादवलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख यादव दोस्रो संविधानसभामा उपाध्यक्ष थिए। लामो समय राप्रपाको राजनीतिक गरेका उनी पछि एमालेमा प्रवेश गरेका थिए।

यस्तै, पौडेल एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन्। उनी पूर्वसांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad