राजनीति


प्रधानमन्त्री ओलीले साढे ३ बजे देशवासीका नाममा सम्बोधन गर्दै, ४ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले साढे ३ बजे देशवासीका नाममा सम्बोधन गर्दै, ४ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ९:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ३ः३० बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड–१९ का सन्दर्भमा सम्बोधन गर्न लागेका हुन्।

त्यसैगरी प्रधानमन्त्रीले आजै अपरान्ह ४ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक समेत राखेका छन्।

हिजो आइतबार मन्त्रिपरिषद् बैठक बसी बैशाख २७ गते आफूले विश्वासको मत लिने जानकारी गराउनुका साथै निषेधाज्ञालगायतका विषयमा निर्णय गराएका प्रधानमन्त्री ओलीले आज सोमबार पुनः बैठक राखेको हुँदा केहि विशेष निर्णय हुनसक्ने बताइएको छ।

‘केहि विशेष निर्णय गर्नुपर्ने भएका कारण आज मन्त्रिपरिषद् बैठक राखिएको हुनसक्छ,’ थापाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .