नेकपा एमालेका असन्तुष्ट नेता भीम रावलले लुम्बिनी प्रदेशको राजनीतिक घटनालाई प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायामा भएको ‘अर्को पदलोलुप चर्तिकला’ भनेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै आज पदबाट राजीनामा दिएलगत्तै पुनः सोही पदमा नियुक्ति लिएका छन्।
यस घटनाबाट संविधानकै मर्यादामा अघात पुग्नाका साथै लोकतन्त्रकै धज्जी उडेको नेता रावलेको टिप्पणी छ।
‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ,’ पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रम केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला !’
माधव नेपाल पक्षका नेता रावल अध्यक्ष ओलीद्वारा ६ महिनाका लागि एमालेको साधारण सदस्यताबाट समेत निष्कासन गरिएका नेता हुन्।
यी पनि :

प्रतिक्रिया