राजनीति


सांसद वली माओवादीमा प्रवेश, मुख्यमन्त्रीमा पोखरेलको पुनः नियुक्तिका लागि पुगेन बहुमत

सांसद वली माओवादीमा प्रवेश, मुख्यमन्त्रीमा पोखरेलको पुनः नियुक्तिका लागि पुगेन बहुमत

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ७:२८,

लुम्बिनी प्रदेशकी सांसद विमला वली नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन्।

दाङमा नेकपाबाट उपनिर्वाचनमा निर्वाचित भएकी वली आइतबार माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेकी हुन्।

वलीको प्रवेशसँगै एमालेले लुम्बिनी प्रदेशमा बहुमत गुमाएको छ।

आइतबार नै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएर संसदीय दलको बैठक राखी आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गराएको केही घण्टापछि एमालेकै सांसदको माओवादीमा प्रवेश भएको हो।

मुख्यमन्त्री पोखरेलले आइतबार विहान मन्त्रीपरिषद्को बैठक राखेर प्रदेश सभा अधिवेशन अन्त्य गराएका थिए।

यो पनिः पोखरेलका फास्ट ट्रयाक कदमः बिहान प्रदेश सभा अन्त्य र राजीनामा, आजै पुनः नियुक्तिको तयारी

उनी माओवादीमा प्रवेश गरेपछि अब एमाले सांसदको संख्या ४० मा झरेको छ भने अर्को पक्षको पनि ४० नै पुगेको छ।

माओवादी सांसद पूर्णबहादुर घर्ती सभामुख रहेको हुँदा बराबर मत भएको अवस्थामा उनले मतदान गर्नेछन्।

‘लुम्बिनी प्रदेशमा एमालेले बहुमत गुमाएको छ, तत्कालीन नेकपाबाट निर्वाचित सांसद विमला वली हाम्रो पार्टीमा प्रवेश गरेपछि मुख्यमन्त्री शंकर पोखरेल र हाम्रो पक्षमा बराबर ४०–४० मत पुगेको छ, यस्तो अवस्थामा प्रदेश प्रमुखले शंकर पोखरेललाई पुनः मुख्यमन्त्रीको नियुक्ति र शपथ गराउन मिल्दैन,’ माओवादी केन्द्रका सांसद कृष्णध्वज खड्काले नेपालखबरसँग भने।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस, माओवादी र जसपाले संयुक्तरुपमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

सो प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका २ (कारबाहीमा परेका बाहेक), राष्ट्रिय जनमोर्चाका १ हुँदा ३९ थिए। वली थपिँदा ४० पुगेका छन्।

यो पनि : 
मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .