समाज


मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ७:२७,

मोरङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुई जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ।

आइतबार बिहान रतुवामाई नगरपालिका ९ स्थित आमबारी–उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो।

प्र १–०२–०४१ प २६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०४४ प २६०९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका २६६४ नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ वर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको हो।

२६०९ नम्बरको मोटरसाइकल चालक रंगेली नगरपालिका ५ का २१ वर्षीय मनजय ठाकुर र सोही मोटरसाइकलमा पछाडि सवार बेलबारी नगरपालिका ३ का ३० वर्षीय नबिन ठाकुर घाईते भएका छन्।

उनीहरुको अरनिको अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .