राजनीति


लुम्बिनी प्रदेशका चार सांसदमाथिको कारबाही रोक्न ठाकुरले गुहारे आयोग (पत्रसहित)

लुम्बिनी प्रदेशका चार सांसदमाथिको कारबाही रोक्न ठाकुरले गुहारे आयोग (पत्रसहित)

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार १०:५६,

लुम्बिनी प्रदेशका चार सांसदमाथिको कारबाही रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगलाई पत्र पठाएका छन्।

लुम्बिनी प्रदेश सभाले जसपाको निर्णय भन्दै बिहीबार उक्त पार्टीका चार जना सांसद सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई पदमुक्त भएको सूचना टाँस गरेपछि ठाकुरले आयोग गुहारेका हुन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टी निर्णय उल्लंघन गरेको भन्दै केही दिनअघि चार सांसदलाई पदमुक्त गर्न लुम्बिनी प्रदेश सभालाई पत्राचार गरेको थियो।

प्रदेश सभाले सोही पत्रका आधारमा बिहीबार चार जनालाई पदमुक्त गरेको हो।

यो पनिः निकट नेताहरुसँग परामर्शमा महन्थ ठाकुर, लुम्बिनीका चार मन्त्री पनि काठमाडौंमै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा उनीहरुले हस्ताक्षर गरेर त्यो दर्ता भएको एक घण्टामै सरकारमा सहभागी भएर मन्त्री पदको शपथ लिएका थिए।

शुक्रबार ठाकुरले लुम्बिनीका अहिले मन्त्री बनेका चार सांसदसँग छलफल गरेपछि कारबाही रोक्न माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएका हुन्।

ठाकुरले पठाएको पत्रमा पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको कुनै बैठक नबसेको उल्लेख गरिएको छ।

‘वस्तुतः मिति २०७७/०९/०७ गतेपश्चात् यस जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक हालसम्म नबसेको तथा कार्यकारिणी समितिको बैठक बोलाउन समेत कुनै सूचना जारी नगरेको व्यहोरा जानकारीको लागि अनुरोध छ’, ठाकुरले पठाएको पत्रमा उल्लेख छ।

‘मिति २०७७/०९/०७ गतेपश्चात् हालसम्म बैठक नबसेको अवस्थामा लुम्बिनी प्रदेशको सचिवालयको सूचनापत्र ४ मा उल्लिखित माननीय सदस्यहरुको प्रदेशसभा सदस्य र पार्टी सदस्य पदबाट निष्काशन गरेको व्यहोरा प्रथम दृष्टिमै अवैध एवं गैरकानुनी रहेकोले सो अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ’, पत्रमा अगाडि भनिएको छ, ‘साथै उक्त गैरकानुनी सूचना पत्र एवं सोसँग सम्बन्धित अन्य पत्र एवं निर्णय समेत बदरका लागि यथाशीघ्र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।’

हेर्नुहाेस् ठाकुरले पठाएकाे पत्र 

jasapa patra to election comission2021

यो पनि :
लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए
जसपाका ४ सांसदलाई कारवाही गर्ने निर्णय पार्टीमा भएको छैनः महन्थ ठाकुर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .